भद्रपुर झापा गोल्डकप : झापा-११ र भुटानको डागा युनाइटेड भिड्दै

लोकपथ
105
Shares

काठमाडौं । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको दोस्रो सेमिफाइनलमा झापा–११ र भुटानको डागा युनाइटेड फुटबल क्लबबीच मेची रंगशालामा आज अपराह्न हुँदैछ । प्रतियोगितामा झापा-११ ले चर्च ब्बाइज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको हो ।

यसैगरी, विदेशी टोली डागा युनाइटेडले विभागीय टोली एपिएफलाई हराउँदै झापा–११ सँगको भेट पक्का गरेको हो । यो खेलको विजेता टोलीले आयोजक भद्रपुर ब्लेजर्ससँग फाइनल खेल खेल्नेछ । गोल्डकपमा नेपालीसहित भारत, भुटान र बंगलादेशका १० टिमको सहभागिता छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?