अमेरिका र फ्रान्स युक्रेन-रुस शान्तिमा एकमत, सहायताको निष्पक्षतामा विभाजित 

लोकपथ
1.9k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन युक्रेन र रुस बीच दिगो शान्ति कायम गर्ने विषयमा सहमत भएको छ  ।

म्याक्रोनले युरोपेली सहयोगीहरूले युक्रेनलाई कसरी सहायता प्रदान गरे भन्ने सन्दर्भमा स्थिति संयुक्त राज्य अमेरिकाको लागि अनुचित रहेको बताए । ह्वाइट हाउसमा द्विपक्षीय बैठक पछि संयुक्त पत्रकार सम्मेलनको क्रममा ट्रम्पले म्याक्रोन धेरै महत्त्वपूर्ण मुद्दाहरूमा उनीसँग सहमति भएको बताए ।

छलफलमा धेरै ठोस कदम चालेको फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बताए । शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु नहुने उनको भनाइ छ । ग्यारेन्टी बिनाको युद्ध विराम हुनु नहुनेमा उनको जोड छ । 

सुरक्षा ग्यारेन्टीसहित शान्ति सम्झौता हुनु जरुरी रहेको राष्ट्रपति म्याक्रोनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?