दक्षिण सिरियामा इजरायली हवाई आक्रमण बढ्यो

लोकपथ
735
Shares

एजेन्सी । दक्षिणी सिरियामा इजरायलले हवाई आक्रमण तीव्र पारेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हालै दक्षिण सिरियालाई निःशस्त्रीकरण गर्न आह्वान गरेको टिप्पणीपछि धेरै सैन्य स्थलहरूलाई लक्षित गरी आक्रमण गरिएको हो । 

सिरियाली अन्तरिम सरकारले आक्रमणहरूको निन्दा गरेको छ । इजरायलले सिरियाको सार्वभौमसत्ताको स्पष्ट उल्लङ्घन गरेको बताएको छ । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार इजरायली युद्धविमानहरूले दमास्कसको दक्षिणमा रहेको अल–किसवाहमा रहेको सिरियाली सेनाको पहिलो डिभिजन मुख्यालयलाई लक्षित गरी चार हवाई आक्रमण गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

दारा प्रान्तको इज्रामा थप विस्फोटहरू गरिएको थियो । जहाँ इजरायली सेनाले दक्षिणी सिरियाको अर्को प्रमुख सैन्य प्रतिष्ठान ब्रिगेड ११२ मा प्रहार गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?