काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ केजी ७४५ ग्राम सुनसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
३ महिला र एक पुरुष रहेकोमा उनीहरु सबै उज्बेस्थानका नागरिकहरु हुन् । बुधबार राति उनीहरु फ्लाई दुबईको विमानमार्फत् काठमाडौं उत्रिएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार महिलाहरुले मलद्वारमा लुकाएर सुन ल्याएका थिए । उनीहरुको शंकास्पद गतिविधिपछि प्रहरीले थप अनुसन्धान गर्दा सुन फेला परेको थियो ।
उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया