वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलालाई दिँदै आएको वित्तीय लाइफलाइन काटेका छन् । यो हप्तादेखि लागू हुने गरी ट्रम्पले भेनेजुएलाबाट तेल निकाल्न र निर्यात गर्न घरेलु शेभर्न कपोरेशनलाई दिँदै आएको अनुमति अन्त्य गरेका हुन् ।
सामाजिक सञ्जाल सोशल टुथमा एउटा पोष्टमा ट्रम्पले भेनेजुएली राष्ट्रपति निकोलस मादुरोको सरकारले गत वर्ष जुलाईमा भएको राष्ट्रपति चुनावको लागि लोकतान्त्रिक सर्तहरू पूरा नगरेको र अमेरिकाबाट डिपोर्ट गर्न भने ठिक्क पारेर राखिएका भेनेजुएली आप्रवासीहरूलाई फिर्ता लिन पर्याप्त हतारका साथमा कदम नचालेको आरोप लगाए ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई तेल लेनदेन सम्झौतामा पूर्व राष्ट्रपति जो बाइडेनले दिएका सहुलियतहरू आफूले फिर्ता लिन लागेको पोष्टमा उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया