काठमाडौँ । बिरयानी अड्डाले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा ५ सय रुपैयाँमै अनलिमिटेड बिरयानी खाने मौका दिएको छ । अड्डाले फागुन १६ देखि २१ गतेसम्म ५ प्रकारका बिरयानीको बुफे अफर गरेको हो ।
फागुन १६ देखि २१ गतेसम्म बालुवाटारस्थित मुख्य आउटलेटमा ‘ग्रान्ड अनलिमिटेड बिरयानी फेस्टिभल’ आयोजना गर्दै बिरयानी अड्डाले यस्तो लोभ्याउने अफर ल्याएको हो ।
५ प्रकारका बिरयानी, जति मन लाग्छ त्यति खान पाइने !
यस अनलिमिटेड अफरमा ग्राहकहरूले हैदरावादी, लखनउ, केरला, पाकिस्तानी र अरेबिक मज्बोस चिकेन बिरयानीको स्वाद ५ सय रुपैयाँमै जति मन लाग्छ त्यति चाख्न सक्नेछन् ।
६ वर्षे स्वाद यात्राको उत्सवमा अड्डाले आफ्नो बेस्ट सेलर बिरयानी मात्रै होइन, पाकिस्तानी र भारतीय स्वादका कबाब, बम्बे चिकेन, भेज करी जस्ता स्वादिला परिकार पनि स्वाद चखाउने तयारी गरेको छ ।

विगत ४० वर्षदेखि सेफका रूपमा काम गरिसकेका राजकुमार र श्रीकृष्णबाट तयार पारिएका बिरयानीको स्वाद पस्कन लागेको बिरयानी अड्डाले जनाएको छ ।
बिरयानी अड्डाले विभिन्न प्रकारका बिरयानीका साथै भारतीय तथा पाकिस्तानी स्वादका कबाब, बम्बे चिकेन तथा भेज करी लगायतका पकवानको सेवा समेत दिँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया