काठमाडौं । शुक्रबारको लागि तय भएको ह्वाइट हाउसको बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिका–युक्रेन खनिज सम्झौतामा हस्ताक्षर गर्ने योजना बनाएका थिए ।
ओभल अफिस भित्र दुई जनाबीच भएको विवादपछि हस्ताक्षर रद्द गरिएको छ । ट्रम्प–जेलेन्स्की द्विपक्षीय बैठक अघि सामान्य छलफल हुने भनिएपछि ह्वाइटहाउसमा एक अर्काबिच चर्को विवाद भएको थियो । अमेरिकी उपराष्ट्रपति जेडी भान्सको अन्तर्क्रियाबाट छलफल सुरु गरेका थिए । जसले युक्रेनी नेतालाई रुससँगको तीन वर्षको द्वन्द्वबाट आफ्नो देशलाई बाहिर निकाल्न ट्रम्पको प्रयासको लागि धन्यवाद दिन माग गरे ।
‘तपाईँले राष्ट्रपतिलाई यो द्वन्द्वको अन्त्य गर्ने प्रयास गरेकोमा धन्यवाद दिनुपर्छ’ भान्सले जेलेन्स्कीलाई भने । तर तीन जना नेता नै ट्रम्प र भान्स बनाम जेलेन्स्की– बारम्बार एक अर्कामाथि आरोपमा उत्रिए ।
भान्सलाई हप्काउँदै, युक्रेन–रुस द्वन्द्वले ल्याएको समस्यालाई संयुक्त राज्य अमेरिकाले भविष्यमा महसुस गर्नेछ भन्ने जेलेन्स्कीको टिप्पणीलाई ट्रम्पले जवाफ फर्काउँदै भने , ‘हामीले के महसुस गर्ने भनेर निर्देशन दिने स्थितिमा छैनौँ’ किनभने तिमीहरू अहिले धेरै खराब स्थितिमा छौ ।’
‘तपाईँ लाखौँ मानिसहरूको जीवन दाउमा राख्दै हुनुहुन्छ, तपाईँ तेस्रो विश्वयुद्धका लागि यो सबै गरिरहनुभएको छ । तपाईँ जे गर्दै हुनुहुन्छ त्यो देश, यो देशको लागि धेरै अपमानजनक छ’ ट्रम्पले भने । ट्रम्पले जेलेन्स्की शान्तिका लागि तयार नरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया