दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडी ठण्याकाठामा पहिरो खस्दा शुक्रबार बिहानदेखि अवरुद्ध सडक सञ्चालन भएको छ ।
आज बिहानदेखि निर्माण व्यवसायीले स्काभेटर प्रयोग गरी सडक खुलाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए ।
सडक खुलेसँगै शुक्रबारदेखि रोकिएका छोटो तथा लामो दूरीका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया