काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्धविराम सम्झौताको अस्थायी विस्तारलाई अनुमोदन गरेका छन् । उनले गाजा युद्धविरामलाई थप ६ हप्ताका लागि अस्थायी रूपमा विस्तार गर्न अनुमोदन गरेका हुन् । रमजान र यहुदीहरूको सुरक्षालाई ध्यानमा राख्दै इजरायल सरकारले यो निर्णय लिएको हो ।
शनिबार मध्यराति पहिलो चरणको युद्धविराम समाप्त भएपछि यो घोषणा गरिएको हो । इजरायलले वार्ताको अर्को चरण असफल भएको महसुस गरेमा ६ हप्ता अर्थात् ४२ दिनपछि उसले पुनः लडाइँ सुरु गर्न सक्ने सम्भावना भने यथावत् रहेको बीबीसीले जनाएको छ ।
यसअघि इजरायल र हमासबीच पहिलो चरणअन्तर्गत जनवरी १९ देखि मार्च १ सम्म भएको युद्धविरामको सहमति अवधिमा हमासले २५ जना जीवित र ८ जनाको शव इजरायललाई फिर्ता गरेको थियो भने बदलामा इजरायलले १ हजार ९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया