काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई हजार दुई सय रुपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर छ। शुक्रबार प्रतितोला एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया