ल्हासा घुम्न रुप्सेले ल्यायो दशककै सस्तो प्याकेज, ९० हजारमै सबै खर्चसहित घुम्न सकिने

थ्री स्टार होटेलमा बास, खाजा र खानासमेत समावेश हुने

लोकपथ
371
Shares

काठमाडौं । काठमाडौंको हात्तीसारमा रहेको रुप्से होलिडेजले तिब्बतको ल्हासा सहरका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमणका लागि नयाँ प्याकेज सार्वजनिक गरेको छ ।

रुप्सेले सहुलियत मूल्यमा ‘थ्री नाइट, फोर डेज’ अर्थात् ३ रात, ४ दिनको नयाँ प्याकेज सार्वजनिक गरेको हो । ८९ हजार ९ सय ९९ रुपैयाँमा नै ल्हासा भ्रमणको प्याकेज ल्याएको रुप्सेले यो दशककै सस्तो भ्रमण प्याकेज रहेको दाबी गरेको छ ।

रुप्सेले ल्याएको प्याकेज अन्तर्गत आगामी मार्च २८ बाट मार्च ३१ सम्मको फिक्स डिपार्चरको नयाँ प्याकेज घोषणा गरिएको हो ।
रुप्सेले भ्रमणका लागि तोकेको ८९,९९९ रुपैयाँमा दुईतर्फी हवाई टिकट समेत समावेश गरिएको छ । त्यस्तै ल्हासामा रहँदा तीन तारे (थ्री स्टार) होटेलमा बसोबासको व्यवस्थादेखि खाना, ब्रेकफास्ट, स्थानीय यातायात, सिटी टुर तथा स्थानीय टुरमा लाग्ने टिकट शुल्क समेत समावेश गरिएको रुप्सेले जनाएको छ ।

रुप्सेको यो भ्रमण प्याकेज अन्तर्गत विश्व सम्पदा सूचीमा सुचीकृत पोताला दरबारको भ्रमण समेत समावेश गरिएको छ । चट्टानमाथि बनेको प्राचीन तिब्बती शैलीमा निर्मित पोताला दरबार तिब्बत पुग्ने जो कोहीको पनि आकर्षणको केन्द्र बन्ने गर्दछ । त्यसको साथै ड्रेपुङ मोनस्ट्रि, नोर्बोलिङ्गा, सेरा मोनस्ट्रि माउन्ट, जोखाङ टेम्पल र बजिओ स्ट्रिट लगायत प्रसिद्ध स्थलहरूको भ्रमण गराइनेछ ।

यस्तो छ ल्हासा भ्रमणको तालिका

भ्रमणको पहिलो दिन (मार्च २८) : काठमाडौंबाट ल्हासा प्रस्थान

भ्रमणको पहिलो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासा गोंग्गार विमानस्थलमा अवतरण गराइने छ । विमानस्थलको अवतरणसँगै पर्यटकहरूको ल्हासाको यात्रा सुरु हुनेछ । विमानस्थलबाट भ्रमणमा सहभागीहरूलाई त्यहाँको होटेलमा लगिनेछ । गोंग्गार विमानस्थलबाट करिब डेढ घण्टाको दूरीमा रहेको होटेल पुग्ने क्रममा पर्यटकहरूले यारलुङ त्साङपो नदी र वरपरका सुन्दर पहाडहरूको मनमोहक दृश्य अवलोकन गर्न सक्नेछन् । होटेलमा चेक इन गरिसकेपछि पर्यटकहरू आफ्नो इच्छा अनुसार आराम गर्ने वा होटेल वरपरका स्थानहरू घुमघामको व्यवस्था समेत रहेको छ ।

ल्हासा सहर समुन्द्री सतहबाट करिब ३ हजार ६ सय ५० मिटर उचाइमा रहेकाले त्यहाँको वातावरणसँग घुलमिलका लागि विभिन्न सतर्कता अपनाइएको छ । जसमा पर्यटकहरूलाई प्रशस्त पानी पिउन, शारीरिक व्यायाम नगर्न र हल्का खाना खान सल्लाह दिइएको छ । ल्हासा सहरको वरिपरि स्थानीय जनजीवनबारे जानकारी दिन घुमाइनेछ । सो दिनको बास त्यहीँ हुनेछ ।

दोस्रो दिन (मार्च २९) : ड्रेपुङ मोनस्ट्रि, नोबोलिङ्का र सेरा मोनस्ट्रिको भ्रमण

भ्रमणको दोस्रो दिन होटेलमा ब्रेकफास्ट गरेपछि ल्हासाका प्रमुख धार्मिक तथा ऐतिहासिक स्थलहरूको भ्रमण गराइने छ ।

पहिलो गन्तव्य ड्रेपुङ मोनस्ट्रि (गुम्बा) हुनेछ, जुन तिब्बतका सबैभन्दा ठुलो र महत्त्वपूर्ण गुम्बामध्ये एक हो । पोताला दरबार निर्माण हुनुअघि यो गुम्बा तिब्बती धर्मगुरु दलाई लामाको वासस्थानको रूपमा परिचित थियो । प्राचीन प्रार्थना कक्षहरू र आकर्षक मूर्तिहरू यो गुम्बाको मुख्य आकर्षणको केन्द्रबिन्दु हुन् । हिमालको फेदीमा अवस्थित यस गुम्बाबाट ल्हासा उपत्यकाको सुन्दर दृश्य पनि देख्न सकिन्छ ।

सोही दिन नोबोलिङ्का दरबारको भ्रमण पनि गराइनेछ । जुन दलाई लामाहरूको ग्रीष्मकालीन निवासका रूपमा प्रसिद्ध छ । यो दरबारको विशाल बगैँचा र तिब्बती वास्तुकलाका लागि प्रचलित छ, जसले तिब्बतीहरूको जीवनशैलीलाई झल्काउने गर्छ ।
त्यसै गरी दिउँसो शेरा गुम्बाको अवलोकन गराइनेछ । जहाँ बौद्ध भिक्षुहरूले शिक्षा लिने गर्छन् । दिनभरिको घुमघामपछि साँझ होटेलमा ल्याइनेछ । बाँकी समय पर्यटकले आफ्नो इच्छा अनुसार बिताउन सक्ने छन् ।

तेस्रो दिन (मार्च ३०) : पोताला दरबार, जोखाङ मन्दिर र बाजाओ सडकको भ्रमण

भ्रमणको तेस्रो दिन बिहान होटेलमा ब्रेकफास्टपछि भ्रमण सुरु हुनेछ । तेस्रो दिन विश्व सम्पदा सूचीमा समेत सुचीकृत प्रसिद्ध पोताला दरबारको भ्रमण हुनेछ ।

दलाई लामा तिब्बत छाडेर हिँडेपछि भ्रमणका लागि खुला गरिएको पोताला दरबार विश्व पर्यटकका लागि आकर्षणको केन्द्र पनि हो । प्राचीन तिब्बती शैलीमा निर्माण गरिएको पोताला दरबार पहाडमा अवस्थित रहेको छ । तिब्बती वास्तुकलाको उत्कृष्ट नमुना मानिने यस दरबारमा सैयौैँ कोठाहरू छन्, जसमा बुद्ध मूर्तिहरू, प्राचीन भित्ते चित्रहरू, धार्मिक अवशेषहरू र चैत्यहरू रहेका छन् । जसले तिब्बती धार्मिक तथा राजनीतिक इतिहासलाई प्रतिबिम्बित गर्छन् ।

त्यस्तै सोही दिन तिब्बतको सबैभन्दा पवित्र धार्मिक स्थल मानिने जोखाङ मन्दिरको भ्रमण गराइनेछ । यस मन्दिरमा जोवो शाक्यमुनि बुद्धको प्रतिमाको दर्शन हुनेछ । साथै जोखाङ मन्दिर वरपर रहेको बाजाओ सडकका बजार अवलोकन गर्न गराइनेछ । दिनभरको घुमघामपछि साँझ होटेलमा नै फिर्ता ल्याइनेछ ।

चौथो दिन (मार्च ३१) : स्मृतिमा ल्हासाका सुन्दर चित्र लिएर पोखरा फिर्ता

भ्रमणको चौथो दिन अर्थात् मार्च ३१ भने भ्रमण सकेर नेपाल फर्किने दिन हो । बिहान होटेलमा ब्रेकफास्टपछि पोखरा फर्किने कार्य तालिका रहेको छ । ब्रेकफास्टपछि होटेलबाट गोंग्गार विमानस्थलमा ल्याइनेछ । छोटो र अविस्मरणीय सम्झनाहरूका साथ ल्हासा भ्रमण समाप्त हुनेछ ।

यस्तो छ भिसा प्रक्रिया

चीनको तिब्बतमा रहेको ल्हासा जान भिसा लिनुपर्ने हुन्छ । भिसा प्रोसेसका लागि कम्तीमा ६ महिनाको भ्यालिडिटी रहेको एमआरपी वा ई–पासपोर्ट आवश्यक रहन्छ । त्यस्तै ३५X४५ एमएमको सेतो ब्याक ग्राउन्ड भएको र टोपी वा टिका नलगाएको हुनुपर्नेछ ।

त्यस्तै पछिल्लो ६ महिनाको बैंक स्टेटमेन्ट र कम्तीमा २ लाख रुपैयाँको अन्तिम ब्यालेन्स रहेको हुनुपर्छ । जागिर खाने व्यक्तिहरूले आफ्नो कार्यालयबाट कम्पनीको लेटर हेडमा लेखिएको बिदा स्वीकृत पत्र पेस गर्नुपर्ने छ ।

रुप्सेले आफ्नो सपिङ वा अन्य खर्चबाहेक थप कुनै शुल्क नलिने बताएको छ ।

*infomercial content

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?