आजदेखि मेक्सिको र क्यानडामा २५ प्रतिशत कर लागू

लोकपथ
959
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडामा २५ प्रतिशत कर मंगलबार, मार्च ४ बाट लागू हुने बताएका छन् । क्यानडामा र मेक्सिकोमा २५ प्रतिशत कर आजबाट लागू हुने भएको हो ।

ट्रम्पले पारस्परिक कर भने अप्रिल २ बाट सुरु हुने बताए । फेब्रुअरी १ मा, ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात गरिएका सामानहरूमा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । विशेष गरी क्यानेडाली ऊर्जा उत्पादनहरूको लागि १० प्रतिशत कर वृद्धि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?