एकल महिलाका ४० छोरीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

लोकपथ
203
Shares

काठमाडौं । कैलालीको गोदावरी नगरपालिकास्थित दुई विद्यालयमा अध्ययनरत एकल महिलाका छोरीलाई नगदसहित शैक्षिक सामग्री वितरण गरिएको छ । मानव अधिकारका लागि एकल महिला नामको गैरसरकारी संस्थाले यहाँस्थित नवज्योति र दुर्गा भवानी माध्यमिक विद्यालयमा अध्ययनरत ४० जना छात्रालाई सहयोग गरेको हो । 

संस्थाका अध्यक्ष सुमन शर्माका अनुसार एकल महिलाका छोरीलाई नगद १० हजार, शैक्षिक सामग्री बोक्ने झोला र शारीरिक गतिविधि एवं खेलकुदमा भाग लिँदा लगाउने पोसाक प्रदान गरिएको हो । संस्थाले भविष्यमा पनि यस्तो सहयोगलाई निरन्तरता दिने जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?