पहाडी क्षेत्रमा बदली, उच्च पहाड तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

लोकपथ
756
Shares

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतः सफा रहनेछ।

दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ । साथै, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा पनि देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?