काठमाडौं । सिरियाको राजधानी दमास्कसमा सिरियाली सेना र अपदस्थ बसर अल असद सरकार समर्थकबीच भीषण लडाइँ भएको छ ।
उत्तरपश्चिम तटीय क्षेत्रस्थित रुसी नियन्त्रित एयरबेसनजिकै रहेको लताकिया प्रान्तमा भएको झडपमा दर्जनौँको मृत्यु भएको बताइएको छ ।
सरकार समर्थक सेनाको आक्रमणमा झन्डै ७० पूर्वसरकारी लडाकु मारिएको र २५ भन्दा बढीलाई जाब्लेह र वरपरका क्षेत्रबाट पक्राउ गरिएको जनाइएको छ ।
एएफपी समाचार एजेन्सीले भने १६ जना सरकारी सुरक्षाकर्मी, २८ जना असद समर्थक लडाकु र ४ नागरिकसहित ४८ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।
गत डिसेम्बरमा बसर अल–रसदको सरकार पतन भएको थियो । त्यसपछि बनेको इस्लामवादी सरकारसँग सम्बद्ध सेनासँगको यो सबैभन्दा हिंसात्मक झडप हो ।
सिरियामा गत वर्ष डिसेम्बर ८ मा बसर अल–असदलाई सत्ताबाट हटाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया