एउटै नेतृ २ फरक पार्टीबाट उम्मेदवार बनेको खुलासा

काठमाडौं, १८ कात्तिक– एक नेतृले दुई फरक पार्टीबाट समानुपातिक टिकट पाएपछि राजनीतिक बजार तातिएको छ । निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको समानुपातिक सूचि अनुसार गंगा चौधरी सत्गौवा दुई पार्टीबाट समानुपातिक सूचीमा परेकी हुन् । उनी एमाले र नयाँ शक्तिको समानुपातिक सूचीमा परेकी हुन् ।थरुहट तराई पार्टी नेपाल लोकतान्त्रिकबाट गंगा चौधरी सत्गौवा गत फागुन २ गते नयाँ शक्तिमा प्रवेश गरेकी थिइन् । तर, पनि नयाँ शक्तिले पनि समानुपातिक सूचीमा राखेपछि दुई तिर नाम आएको बताइएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दुई वटा पार्टीबाट सिफारिस भएको पाइए दुवैतिर उम्मेदवारी स्वतः रद्द हुने जानकारी दिए । टिकट नपाएको भनि पार्टीहरुमा अुन्तष्टि बढिरहेको बेला गंगाका् दुई तिर नाम आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?