काठमाडौं । चिटिक्क परेको सेतो रङको कार । हो, कार । यसकारण यो कार बनेको छ कि यसअघि ट्याक्सी भन्ने बित्तिकै नाक खुम्च्याउनेहरू यो लामो र टिलिक्क परेको ‘कार’ देखेपछि मुसुक्क हाँस्छन् ।
काठमाडौं उपत्यकामा अहिले जताततै पाउने उक्त कार वास्तवमा निजी कार नभएर ट्याक्सी हो । बागमती प्रदेश सरकारले सुरक्षाको दृष्टिकोणले समेत सेडान अर्थात् पछाडि लामो भाग भएको र लगेज राख्न मिल्ने गाडीलाई मात्रै ट्याक्सीका रूपमा प्रयोग गर्न दिने नीति लिएपछि बजारमा आएको थियो यो कार अर्थात् टाटाको एक्सप्रेस–टी ईभी ट्याक्सी ।

प्रदेश सरकारले ट्याक्सी बनाउँदा ईभी अर्थात् इलेक्ट्रिक भेइकल हुनैपर्ने र कार पनि सेडान हुनुपर्ने मापदण्ड बनाएपछि टाटाको उक्त कार ट्याक्सीको रुपमा नेपालमा दर्ता हुन थालेको थियो । सार्वजनिक सेवामा पर्ने ट्याक्सी पनि आरामदायी र सुरक्षित हुनुपर्ने भन्दै प्रदेश सरकारले मापदण्ड निर्माण गरेपछि त्यही सेतो, टिलिक्क परेको सेडान कार ट्याक्सी बनेको थियो, जुन अहिले काठमाडौं उपत्यकामा १ हजार ५ सयको सङ्ख्यामा गुडिरहेको छ ।
टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नेपाल भित्राएको ‘एक्सप्रेस–टी ईभी ट्याक्सी’ छोटो समयमा नै बजारमा प्रभुत्व जमाउन मात्रै सफल भएन, ईभीको भविष्यलाई थप सुनिश्चित गर्न पनि यो ट्याक्सीले मद्दत पुर्याइरहेको छ ।
दैनिकरुपमा पेट्रोल हाल्नुपर्ने झन्झटबाट मुक्ति र सेवाग्राहीको रोजाइमा परेपछि अधिकांश ग्राहकले यही ट्याक्सी रोज्ने गरेका छन् ………
नेपालको पहिलो ईभी ट्याक्सीको रुपमा रहेको टाटाको ‘एक्सप्रेस–टी ईभी ट्याक्सी’ बि.स. २०७८ सालमा बागमती प्रदेश सरकारले तयार पारेको मापदण्ड पूरा गरी बजारमा प्रवेश गरेको थियो । तर दैनिकरुपमा पेट्रोल हाल्नुपर्ने झन्झटबाट मुक्ति र सेवाग्राहीको रोजाइमा परेपछि अधिकांश ग्राहकले यही ट्याक्सी रोज्ने गरेका छन्, जसका कारण यस ट्याक्सीले बजारमा प्रभुत्व जमाउन सफल भएको छ । सिप्रदी ट्रेडिङले सन् २०२३ बाट बजारमा बिक्री सुरु गरेको टाटाको एक्सप्रेस–टी ईभी ट्याक्सीको माग बजारमा बढ्दो क्रममा मात्रै छैन, माग अनुसार समयमै उपलब्ध गराउन समेत कठिन हुँदै गएको छ । टाटाका अनुसार अहिले नेपालमा १ हजार ५ सयको सङ्ख्यामा टाटाको एक्सप्रेस टी ईभी ट्याक्सी गुडिरहेको छ ।

नेपाल सरकार र प्रदेश सरकारको नीति पनि पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विस्थापन गरी विद्युतीय सवारीसाधन भित्राउने र चलाउने नै रहेको छ । त्यसै कारण पनि लामोदेखि छोटो दूरीमा समेत ईभी गाडीको बाहुल्यता बढ्दो छ । दुई पाङ्ग्रेदेखि चार पाङ्ग्रे अनि प्राइभेटदेखि पब्लिकसम्मका सेवामा ईभी गाडीको बाहुल्यता बढ्दै गएको छ ।
ईभी ट्याक्सी आरामदायी हुनुका साथी प्रदूषण रहित र किफायती देखिएको कारण इभी ट्याक्सीप्रति ग्राहकको समेत माग बढ्दो क्रममा रहेको देखिन्छ । बजारको बढ्दो माग, ट्याक्सी बिक्रीमा आएको वृद्धि आदिका कारण टाटाले आफ्ना चार्जिङ स्टेसनहरू समेत बढाउँदै गएको बताएको छ । सुरुमा काठमाडौं केन्द्रित रहेको चार्जिङ स्टेसन अहिले काठमाडौं बाहिर पनि आक्रामकरुपमा बिस्तार भइरहेको टाटाले जनाएको छ । यद्यपि कम लागत, उच्च मासिक बचत, चलाउन सजिलो अनि प्रदूषण रहित भएको कारण एक्सप्रेस–टी ईभी ट्याक्सी काठमाडौं उपत्यकाको बजारमा भने वर्चस्व कायम गर्न सफल भएको छ ।
यस्ता छन्, एक्सप्रेस टी ट्याक्सीको विशेषता र सेवाहरु
हाल टाटाले बजारमा ल्याएको एक्सप्रेस–टी ईभीको बजार मूल्य ३६ लाख ९९ हजार रहेको छ । खरिद गर्दा कम्पनीले विभिन्न सेवाहरू समेत दिएको छ । कम्पनीले ३ वर्ष अथवा एक लाख २५ हजार किलोमिटरसम्मको फ्रि सर्भिसिङ वीथ कम्जुमेबलको सुविधा उपलब्ध गराएको छ । सर्भिसिङका क्रममा लेबर कस्ट मात्रै नभई त्यसमा लाग्ने सबै सामग्रीहरू समेत निःशुल्क दिने गरिएको छ भने ट्याक्सी कहाँ पुग्यो भनेर हेर्न जिपिएस समेत कम्पनीले नै निःशुल्क जडान गरिदिन्छ ।
त्यति मात्र नभएर ब्याट्रीमा अटो प्लस इन्सुरेन्सको सेवा दिने गरेको सिप्रदी ट्रेडिङका एसिस्टेन्ट म्यानेजर ओमप्रकाश मरासिनीले बताए । मरासिनीका अनुसार कुनै समय गाडी बिग्रिएर वा सर्भिस सेन्टरमा रोकिनुपरेको अवस्थामा त्यो अवधिलाई समेत कभर गर्ने गरी इन्सुरेन्स पोलिसी तयार पारिएको छ ।
उपत्यकाबाहिर समेत चार्जिङ स्टेसन निर्माण
नेपालमा ईभी गाडीको बजार भर्खर बामे सर्दै छ । पूर्वाधार निर्माण भई नसकेको कारण केही उल्झन हुँदाहुँदै पनि टाटाले भने विभिन्न स्थानमा चार्जिङ स्टेसन तयार पारी छिटो र सहज सेवा दिइरहेको कम्पनीले बताएको छ ।
अहिले पनि बजारमा चार्जिङ स्टेसन नभएको हल्ला चलिरहन्छ, तथापि टाटाले भने त्यो हल्ला मात्रै रहेको र वास्तविकता धेरै फरक रहेको दाबी गरेको छ ।
ब्याट्री र मेन्टिनेन्स खर्चमा देखिएको हाउगुजी
सरकारले प्रवर्द्धनको नीति लिए पनि बजारको हल्लाले आशातीतरुपमा ईभीले आफ्नो बजार बिस्तार गर्न नसकेको जानकारहरु बताउँछन् । ईभीमा मुख्य गरी त्यसमा प्रयोग हुने ब्याट्रीमा हुने समस्यादेखि मेन्टिनेन्स खर्चको विषयमा विभिन्न शंका उपशंकाहरु भइरहेका छन् । तर बजारमा आएको हल्ला जस्तो ब्याट्री र मेन्टिनेन्स कस्टमा धेरै खर्च हुन्छ भन्ने हल्लामा कुनै सत्यता नरहेको र यो झनै सस्तो पर्ने मरासिनीले बताए ।
मरासिनीले भने, ‘आईसीई इन्जिनयुक्त सवारीहरुमा पनि निश्चित समयपछि इन्जिन बनाउनु पर्ने देखि फेर्नुपर्ने सम्म हुन्छ, त्यसैगरी निश्चित समयपछि ईभी गाडीको ब्याट्री पनि मर्मत गर्नुपर्ने हुन्छ ।’

यदि ब्याट्रीमा समस्या देखियो भने पूरै ब्याट्री फेर्नु पर्दैन, समस्या आएको सेललाई मात्रै फेरेर पनि लाइफ रिकभर गर्न सकिन्छ …..
ब्याट्री फेर्नु पर्ने र ठुलो रकम लाग्नेबारे मरासिनी भन्छन्, ‘सुरुमा ब्याट्री बनाउँदा होल ब्याट्री प्याक बनाउनुपर्यो, त्यसपछि विभिन्न प्याकहरु बनाउनुपर्यो । मोडलभित्र पनि सेलहरु हुन्छन् । यदि ब्याट्रीमा समस्या देखियो भने पूरै ब्याट्री नै फेर्ने होइन कि कुन सेलमा समस्या आएको छ त्यसलाई फेरेर लाइफ रिकभर गर्न सकिन्छ ।’
सिप्रदीले ईभी ट्याक्सीमा ५ वर्ष वा एक लाख ६० हजार किलोमिटरसम्म वारेन्टी नै दिएको कम्पनीले जनाएको छ । ब्याट्रीमा लामो वारेन्टी तथा फ्रि सर्भिसिङको सुविधा दिएकाले डराउनुपर्ने अवस्था नरहेको कम्पनीले जनाएको छ ।
उपत्यकाबाहिर पनि ईभी ट्याक्सी बिक्रीको योजना
अब नेपालगञ्ज, बुटवल र पोखरामा पनि टाटाको ईभी ट्याक्सी चलाउने तयारी ……..
ग्राहकको सन्तुष्टि र बजारमा माग बढेको कारण टाटा मोटर्सको एक्सप्रेस टी ईभी ट्याक्सी अब बिस्तारै उपत्यका बाहिर पनि विक्री गर्ने योजना बनेको सिप्रदी ट्रेडिङले जनाएको छ । अहिले नै १ हजार ५ सय थान ट्याक्सी विक्री गरिसकेको टाटाले अब नेपालगञ्ज, बुटवल र पोखरामा पनि व्यवसाय बिस्तार गर्न लागेको सिप्रदीका फ्लिट सेल्स म्यानेजर नवराज निरौलाले बताए ।
निरौलाले भने, ‘छोटो समयमै ग्राहकले देखाउनुभएको माया र बजारमा बढेको संख्याले हामी उत्साहित छौँ, काठमाडौंमा भएको बिक्रीको मागले हामीलाई देशको अन्य स्थानमा सेवा सुरु गर्न हौसला मिलिरहेको छ, जुन हामी चाँडै नै सुरु गर्ने तयारीमा छौँ ।’
नेपाली बजारमा एक्सप्रेस-टी ईभी ट्याक्सीको उपस्थिति दरिलो हुनुमा सिप्रदीले प्रदान गरेका सेवा सुविधा मुख्य रहेको निरौलाको दाबी छ ।
यता आगामी दिनमा बजारमा बढ्न सक्ने प्रतिस्पर्धालाई समेत ध्यानमा राखेर आफूहरूले काम गरिरहेको एसिस्टेन्ट म्यानेजर मरासिनी बताउँछन् । बेच्नु मात्र ठूलो कुरा नभई बिक्रीपछिको सेवा अर्थात् आफ्टर सेल्स सर्भिसले सिप्रदीप्रति ग्राहकले उत्साह देखाएको मरासिनीले दाबी गरे ।
मुख्य कुरा भनेको आफ्टर सेल्स सर्भिस हो, बेचेर मात्रै भएन, त्यसका सर्भिसहरु पनि दिनुपर्यो ……..
मरासिनीले भने, ‘मार्केटमा प्रतिस्पर्धा हुन्छन् र हुनुपर्दछ । हामी सुरुदेखि नै ग्राहकको मनमा बस्न सफल छौँ । मुख्य कुरा भनेको आफ्टर सेल्स सर्भिस हो । बेचेर मात्रै भएन, त्यसका सर्भिसहरु पनि दिनुपर्यो । त्यही सर्भिसका कारण हामी आज ग्राहकको रोजाइमा पर्न सफल भएका हौँ ।’
त्यसो त व्यवसायमा आएको छलाङसँगै टाटाले सर्भिस नेटवर्क र चार्जिङ नेटवर्क नेपालभरी नै पुर्याएको छ । एसी फास्ट चार्जिङ मात्रै १ सय ५० भन्दा बढी स्थानमा रहेको र डिसी चार्जिङ समेत ३२ स्थानमा रहेको टाटाले बताएको छ । साथै यो सङ्ख्यामा निरन्तर वृद्धि हुने पनि टाटाले दाबी गरेको छ ।
व्यवसायीको पहिलो रोजाइ नै ईभी ट्याक्सी
ईभी गाडी महँगो भएको भन्दै बजारमा नकारात्मक धारणा रहेकै समयमा ट्याक्सीचालक तथा व्यवसायी निराजन पौडेलले टाटाको एक्सप्रेस टी–इभी ट्याक्सी खरिद गरेका थिए । ईभीमा फाइदा देखेकै कारण निराजनले यतिबेला ६ वटा ईभी ट्याक्सी किनेका छन्, जसमध्ये ५ वटा अरुलाई चलाउन दिई व्यवसाय गरेका छन् भने एउटा आफैँले चलाइरहेका छन् ।
दैनिक २ सय ५० रुपैयाँको रिचार्जबाट दैनिक ६ देखि ७ हजार रुपैयाँसम्म कमाई र सबै जसो बचत हुने गरेको छ ……….
दैनिक ६ देखि ७ हजार रुपैयाँसम्म कमाई भइरहेको र उक्त रकममध्ये करिब सय प्रतिशत नै बचत भइरहेको पौडेलको अनुभव छ । पहिलो पेट्रोलबाट चल्ने ट्याक्सी चलाउँदा दैनिक १ हजार ५ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म पेट्रोलमा खर्च हुने गरेकामा अहिले २ सय ५० रुपैयाँको चार्जले दिनभर चलाउन सक्ने अवस्था रहेको भन्दै ईभीमा झन्डै शतप्रतिशत कमाइ नै बचत हुने गरेको उनको भनाइ छ ।

चलाउन सहज मात्र नभई ग्राहकलाई समेत आरामदायी रहेका कारण राइड सेयरिङमा समेत ईभी नै रोजाइमा पर्ने गरेको पौडेलको भनाइ छ । एकातिर कम इन्धन खर्च र अर्कोतिर ग्राहकको समेत रोजाइमा परेका कारण आफूले राम्रो आम्दानी गरिरहेको पौडेलले बताए । कमाइ राम्रो भएका कारण थप ट्याक्सी लिने तयारीमा रहेकोसमेत पौडेलले बताए ।
ब्याट्री र मेन्टिनेन्सका सम्बन्धमा बजारमा आएको हल्ला पनि निराधार हो भन्छन्, व्यवसायी पौडेल । आफूले ईभी ट्याक्सी चलाएको २ वर्ष पुगिसकेको भन्दै अहिलेसम्म एउटा पनि समस्या नदेखिएको पौडेलले बताए ।
अर्का व्यवसायी गोविन्द बहादुर साउद पनि टाटाको एक्सप्रेस–टी ईभी ट्याक्सीको व्यवसायबाट सन्तुष्ट रहेको बताउँछन् । हाल २ वटा ट्याक्सी भाडामा लगाएर आफू अन्य व्यवसायमा रहेका साउद आगामी दिनमा ईभीको भविष्य राम्रो रहेको दाबी गर्छन् । उनी भन्छन्, ‘म आफैँले २ वटा ट्याक्सी भाडामा लगाएर एक वर्षदेखि चलाइरहेको छु । नेपालमा स्वरोजगार बन्छु र लगानी गर्छु भन्नेहरुका लागि पनि धेरै राम्रो काम भएको छ ।’
ट्याक्सीको आम्दानीबाट बैंकको किस्ता तिर्न र अन्य खर्च चलाउन कुनै समस्या नभएको ………
कमाइ र इन्धन खर्चमा पौडेलकै भनाइमा समर्थन गर्दै बजारमा भइरहेको नकारात्मक हल्लालाई चिर्नुपर्ने साउद बताउँछन् । ट्याक्सीको आम्दानीबाट बैंकको किस्ता तिर्न र अन्य खर्च चलाउन कुनै समस्या नभएको साउदले बताए ।

उनी भन्छन्, ‘ईभीमा धेरै राम्रो भविष्य देखि राखेको छु । एकातिर आम्दानी र अर्कोतिर वातावरणीय हिसाबले पनि धेरै राम्रो देखिन्छ । हामीसँग पेट्रोलियम पदार्थ नभएका कारण पनि नेपालको सन्दर्भमा ईभी त धेरै राम्रो हो, यसलाई राज्यले प्रोत्साहन दिनुपर्छ ।’
चार्जिङ तथा सर्भिसिङ
सिप्रदीका अनुसार हाल देशै भरी ३२ स्थानबाट तथा काठमाडौं उपत्यकाका बालकुमारी, इमाडोल सानागाउँ, सानेपा चोक, वनस्थली, टिकाथली, बौद्ध (जोरपाटी), गोंगबु र सिन्धुपाल्चोक खाडीचौर गरी ८ स्थानमा डेडिकेटेड फास्ट चार्जर सुविधाबाट ग्राहकले लाभ उठाउन मिल्ने र देशै भरी जहाँ गए पनि, चार्जिङको सुविधा उपलब्ध रहेको छ ।
यी चार्जिङ स्टेसनमा ३० किलोवाट चार्जर रहेकाले १ घण्टामै ट्याक्सी फुल चार्ज हुन्छ । निजी कारका लागि सिप्रदीले काठमाडौं उपत्यकाका ३० वटा ग्यारेजसँग सम्झौता गरी ७.२ किलोवाटको चार्जरबाट ३ घण्टामा फुल चार्ज हुने सुविधा पनि उपलब्ध गराइरहेको छ ।
त्यसैगरी बालकुमारी र गोगंबुमा अत्याधुनिक डेडिकेटेड सर्भिस सेन्टर तथा बालकुमारी सर्भिस सेन्टरमा सेल्स, सर्भिस तथा स्पेयर गरी थ्री एस सेवा उपलब्ध गराइरहेको छ ।
एक्सप्रेस टी इभी ट्याक्सीका अन्य विशेषताहरु
६० मिनेटको छोटो अवधिमै शून्यदेखि ८० प्रतिशत चार्ज हुने ………
यो विद्युतीय सेडान ट्याक्सीमा आधुनिक फिचर उपलब्ध छन् । पर्याप्त रेन्जका लागि २४ किलोवाटको शक्तिशाली लिथियम आयन ब्याट्री प्रयोग भएको छ । टाटा एक्सप्रेस टीमा ६० मिनेटको छोटो अवधिमै शून्यदेखि ८० प्रतिशत चार्ज हुने प्रभावकारी चार्जिङ सकेट राखिएको छ ।
फुल चार्जमा करिब ३ सय किलोमिटरसम्मको रेन्ज दिने ……..
त्यसैगरी यो ट्याक्सीमा एयर ब्याग, ईबीडीसहित एबीएस फिचर छन् । घरमा चार्ज गर्नेले १५ एम्पियरमा चार्ज गर्न सक्छन् जसका लागि ४८ किलोवाट क्षमताको मोटर जडान गरिएको हुन्छ । गाडी राम्रो चलाउन जानेको ग्राहकले सिंगल फुल चार्जमा करिब ३ सय किलोमिटरसम्मको रेन्ज दिने र १ सय ७० एनएमसम्मको टर्क पावर उत्पादन गर्नेछ ।

५ सिट क्षमता भएको एक्सप्रेस टी ट्याक्सीमा यात्रुले आरामदायी यात्रा गर्न सक्नेछन् । यसको टर्निङ रेडियस ५.१ मिटर छ । बुट स्पेस करिब ३ सय लिटर पाउन सकिन्छ ।
यस्तै गाडीको लम्बाइ ३ हजार ९ सय ९३ एमएम, चौडाइ १ हजार ६ सय ७७ एमएम र उचाइ १ हजार ५ सय ३२ एमएम छ ।
यसैगरी २ हजार ४ सय ५० एमएमको ह्विलबेस र १ सय ७२ एमएमको ग्राउन्ड क्लियरेन्स सुविधा रहेको छ । एसी र डिसी दुवै चार्ज सपोर्ट गर्ने एक्सप्रेस टीलाई १५ एम्पेयरको चार्जिङ पोर्टबाट करिब ९ घण्टामा शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
*infomercial content
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया