संवैधानिक राजसंस्था र जनताको सर्वोच्चतासहितको प्रजातन्त्र आवश्यक : डा. लोहनी

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालमा संवैधानिक राजसंस्था र जनताको सर्वोच्चतासहितको प्रजातन्त्र आवश्यक भएको बताएका छन् 

शुक्रबार काठमाडौंमा आयोजित मिडिया नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले संवैधानिक राजसंस्था, जनताको सर्वोच्चतासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको तीन खम्बे राजनीति व्यवस्था चाहिएको बताए ।

उनले राजनीतिक दलहरूले जनताका नाममा जनताकै शोषण गरेकाले वर्तमान राजनीतिक प्रणालीमाथि आवाज उठेको जिकिर गरे । उनले वर्तमान सरकारले संविधानको दुरुपयोग गरेर संविधान विरोधी कार्य गरेको आरोप लगाए । 

पूर्व अध्यक्ष डा. लोहनीले नेपालका सञ्चारमाध्यमहरूले सान्दर्भिक विषयमा समाचार संप्रेषण नगरेर पक्षपाती व्यवहार गरेको आरोप लगाए । उनले पूर्व राजा ज्ञानेन्द्रलाई जनताले गरेको स्वागतलाई ठूला मिडियाले स्थान नदिएकोप्रति आक्रोश व्यक्त गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?