जनकपुरधाममा उल्लासका साथ मनाइयो होली

लोकपथ
21
Shares

काठमाडौं । जनकपुरधाममा उल्लासपूर्ण रूपमा होली मनाइएको छ । स्थानीयवासीहरूले एक अर्कालाई रङ लगाएर र खुसी साटासाट गरेर होली मनाएका हुन् । होलीका अवसरमा मानिसहरूले विविध रङहरू एक अर्कामाथि हालेर पर्वलाई रमाइलोका साथ मनाउने गरिन्छ । यो पर्व धार्मिक सीमाभन्दा पर गई उत्साह र सद्भावको रूपमा मनाइन्छ । 

नेपालीहरू, चाहे जुनसुकै धर्म वा समुदायका हुन्, होलीको अवसरमा एउटै आँगनमा भेला भएर उल्लासपूर्वक रमाउँछन् । तराईका अन्य जिल्लाहरूमा होली (हिजो) शुक्रबार नै सम्पन्न भए पनि जनकपुरधाममा भने एक दिन ढिलो गरी मनाइन्छ । यसको मुख्य कारण मिथिला परिक्रमा उत्सव हो । जसका कारण यहाँ परम्परागत रूपमा एक दिनपछि होली मनाउने चलन रहेको छ । नगरका विभिन्न स्थानहरूमा मटकाफोर, जोगिरा गायन जस्ता परम्परागत होली कार्यक्रमहरू आयोजना गरिएका छन्। विशेष रूपमा मनाइने जनकपुरधामको होली हेर्न देश–विदेशका पर्यटकहरू पनि ठूलो संख्यामा आउने गर्दछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?