‘व्यवसायी र उपभोक्ताबिच सन्तुलित न्याय प्रदान गर्नु उपभोक्ता अदालतको जिम्मेवारी’

लोकपथ
112
Shares

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले व्यवसायी र उपभोक्ताबिच सन्तुलित न्याय प्रदान गर्ने  कार्यक्षेत्र र विशेष जिम्मेवारी उपभोक्ता अदालतको हुने बताएका छन् । 

शनिबार काठमाडौंमा उपभोक्ता अदालत उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले उपभोक्ता अदालतले सुरुवातमा स्थापित गरेको न्यायिक कवचले उपभोक्ताको अधिकार संरक्षण गर्ने कुरामा आत्मसाथ गर्नुपर्ने बताए । 

उनले उपभोक्तालाई अदालतले प्रदान गरेको सेवामार्फत न्यायिक निरूपणको नजिर स्थापित गर्नुपर्ने बताए । उपभोक्ता अधिकारलाई वस्तु तथा सेवाको गुणस्तरीय मापणमा कानुनी औजारको रूपमा लिनुपर्ने उनको भनाइ छ । 

प्रधानन्यायाधीश राउतले पीडित आम सर्वसाधारणले क्षतिपूर्ति दाबीको लागि आउन सक्ने गरी ऐनमा गरिएका विभिन्न व्यवस्था महत्त्वपूर्ण रहेको बताए । उनले क्षतिपूर्तिसहितको न्याय संवैधानिक प्रत्यभुति भएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?