समाजवादी मोर्चाको आरोप –‘सरकार बिचौलिया दलालहरुको स्वार्थसिद्धिमा केन्द्रित छ’

लोकपथ
294
Shares

काठमाडौं । समाजवादी मोर्चाले प्रतिगमन र प्रतिक्रियावादीहरूको षड्यन्त्रलाई विफल पार्नका लागि भन्दै जनसमुदायसँग एकजुट हुन अपिल गरेको छ ।

शनिबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता खड्गबहादुर विश्वकर्माले मोर्चाले सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरू एकजुट भई प्रतिगमन र प्रतिक्रियावादीहरूको षड्यन्त्रलाई विफल पार्न जनसमुदायसँग अपिल गर्ने निर्णय गरेको बताएका छन्  । 

मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकासमा देखिएको ठकराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरुको अलोकतान्त्रिक रवैया र गतिविधिका कारण जनतामा निराशा पैदा भएको आरोप लगाएको छ । 

उनले भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त रहेको बताए । सरकार बिचौलिया दलालहरूको स्वार्थ सिद्धिमा केन्द्रित रहेको उनको भनाइ छ । अध्यादेशमार्फत सरकार चलाउने, सदनलाई छल्ने र संसद्मा दर्ता भएका महत्पूर्ण विधेयकहरू नियन्त्रण गरी राख्नेमा उद्धत रहेको बताए । 

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहिनता, सरकारको मानोमानी, देश एवं जनताको हित विपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनः स्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनःउत्थानवादी तत्त्वहरू लागिपरेको जिकिर गरे  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?