जनताको अवस्था परिवर्तन गर्नेतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

लोकपथ
217
Shares

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकार र राजनीतिक दलहरू जनताको अवस्था परिवर्तन गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।  

उनले भने, ‘व्यवस्था परिवर्तन भए पनि महसुस हुने गरी जनताको जीवनस्तरमा रूपान्तरण हुन सकेको छैन ।’  जनताले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक समृद्धि खोजेका उनको अभिमत थियो ।

 शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खानेपानी लगायत संविधान प्रदत्त अधिकार उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायकाले उपभोग गर्न नपाउँदा निरासा बढिरहेको धारणा उनले व्यक्त गरे । 

शिक्षा मुलुकको विकासको मेरुदण्ड भएकाले हरेक बालबालिकाले निर्भय भएर पढ्न पाउनुपर्ने बताउँदै उनले समुन्नत समाज निर्माणमा शैक्षिक क्षेत्रले निर्वाह गर्ने भूमिका राष्ट्रका निम्ति महत्त्वपूर्ण हुने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?