डिजिटल प्रविधिका कारण रोजगारीको संख्या गुम्यो : मुख्यमन्त्री लामा

लोकपथ
63
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले रोजगारी सिर्जनाका लागि उद्योग सञ्चालन गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित बागमती प्रदेश हस्तकला सङ्घको पाँचौँ वार्षिक साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले बहुउद्देश्यीय उद्योगमार्फत एउटै उद्योगबाट हजारौँलाई रोजगारी सिर्जना गर्न सकिने भएकाले उद्योग ग्राम स्थापना गर्नुपर्नेमा बताए ।  सरकारी कार्यालयहरूमा डिजिटल प्रविधिमा काम गर्दा धेरैले गर्ने काम एउटै व्यक्तिले गर्न सकिने भएकाले रोजगारीको संख्या घटेको उनको भनाइ छ  ।

काठमाडौं उपत्यकामा विभिन्न संस्कार र संस्कृतिसँग जोडिएर सञ्चालित उद्योगहरूले रोजगारी सिर्जना गरेको उनको भनाइ छ । उनले पुरातन तरिकाबाट पारिवारिक रूपमा सञ्चालित उद्योगको पुस्तान्तरण समस्या देखिएको बताए । उनले हातबाट बनेका संस्कार र संस्कृतिसँग जोडिएकाले महँगो भए पनि प्रयोग गर्ने चलन भएकाले यस्ता उद्योगहरूले राम्रो अवसर पाएको दाबी गरे ।

मुख्यमन्त्री लामाले भारतलगायत विभिन्न देशमा एउटै उद्योगबाट लाखौँको संख्यामा रोजगारी सिर्जना गरेको बताए । उनले सञ्चालित उद्योगलाई सरकारले अवसर प्रदान गर्नुपर्ने तथा उद्यमीले संरक्षण गर्नुपर्नेमा जोड दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?