आइजीपी कप क्रिकेटः मधेस प्रदेश विजयी

लोकपथ
315
Shares

काठमाडौं ।  प्रथम आइजीपी कप क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशलाई पाखा लगाउँदै मधेस प्रदेश प्रहरीले चुमेको छ । 

नेपाल प्रहरी खेलकुद समितिले मुलपानी क्रिकेट मैदानमा आज सम्पन्न आज सम्पन्न फाइनल खेलमा मधेस प्रदेश प्रहरीले लुम्बिनी प्रदेशलाई १४ रनले पराजित गरेको हो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विजयी  टिमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरे । 

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उनले  सुरक्षा निकाय जस्तो शारीरिक र मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने सङ्गठनमा खेलकुदको महत्त्व अझ अधिक रहेको बताए । उनले नेपाल प्रहरीका खेलाडीले राष्ट्रको प्रतिनिधित्व गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण प्रतियोगितामा सहभागी हुने अवसर पाउनु संगठनका निम्ति गौरवको विषय हो  ।

गत फागुन २७ गतेदेखि भएको उक्त प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र सातवटै प्रदेश प्रहरी कार्यालय गरी आठ टोली मैदानमा उत्रेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?