मोरङमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

लोकपथ
1.7k
Shares

विराटनगर । मोरङको बूढीगंगामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार राति बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा उदयपुरको पञ्चावती घर भई हाल मोरङको बूढीगंगा–२ मा बस्दै आएका २४ वर्षीय आशिष राई रहेका छन् ।

दुर्घटना गम्भीर घाइते भएका राईको विराट शिक्षण अस्पताल उपचारका क्रममा उनको मृत्यु भएको हो ।

तीव्र गतिमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको एम्बुलेन्स आफैँ अनियन्त्रित भई ‘डिभाइडर’ मा ठोक्किएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?