स्यूचाटारको कच्ची घरमा आगलागी, १५ लाखको क्षति

लोकपथ
420
Shares

काठमाडौं । शनिबार राति काठमाडौंको नागार्जुन नगरपालिका–७ स्युचाटारस्थित एक कच्ची घरमा गएराति आगलागी भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको एकतलाको कच्ची घर (जस्ताको टहरा)मा आगलागी भएको हो ।

राति ९ः४० बजे लागेको आगो १०ः५० बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिए ।

उनका अनुसार साँघुरो ठाउँ भएकाले ठूलो दमकल छिर्न नसक्दा आगो निभाउन कठिनाइ भए पनि चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको सानो दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाएका हुन् । अन्य विभिन्न क्षेत्रका थप चार वटा दमकल आए पनि सडक फराकिलो नहुँदा त्यहाँ जान सकेन । 

उक्त आगलागीमा १५ लाख बराबरको क्षति अनुमान गरिएको छ । आगो निभाउन कालीमाटी प्रहरी वृत्तका प्रमुख रुपक खड्काको नेतृत्वमा टोली खटाइएको थियो । स्वयम्भू वृत्तका प्रहरी टोलीसमेत परिचालन भएको थियो ।

आगलागीबाट अन्न, काठमा फर्निचर, लत्ताकपडा, घरायसी सामान भाँडाकुँडा लत्ताकपडा, फलाम जलेको छ । विद्युत् चुहिएर आगो लागेको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?