धनगढी । धनगढीमा ग्यास सिलिन्डर विस्फोट हुँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार,उपमहानगरपालिका-६ मटियारीमा मिना खड्काको घरमा सिलिन्डर जडान गर्ने क्रममा एक्कासी विस्फोट भएको हो ।
सिलिन्डर विस्फोट हुँदा ३६ वर्षीया मिना खड्का, उनका २० वर्षीया छोरी चन्द्रा खड्का र ४० वर्षीय स्थानीय ग्यास व्यापारी गोविन्द जोशी घाइते भएका छन् ।
उनीहरूको हाल निसर्ग अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
जोशीको पसलबाट ग्यास ल्याएकी खड्काले सिलिन्डर जडान गर्न पनि जोशीलाई घरमै बोलाएकी थिइन् । सिलिन्डर जडान गर्ने क्रममा एक्कासी विस्फोट भएको प्रहरीले जनाएको छ ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया