संसदको हिउँदे अधिवेशन आगामी चैत २० गते अन्त्य गर्ने तयारी, के हुन्छन् विधेयकहरू ?

लोकपथ
1.6k
Shares

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन आगामी चैत २० गते अन्त्य गर्ने तयारी गरेको छ । गत माघ १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन सरकारले दुई महिनापछि अन्त्य गर्न लागेको हो । 

स्रोतका अनुसार, सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघ आईपीयूको सम्मेलनमा सहभागी हुन उज्बेकिस्तान जानुअगावै हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी भइरहेको छ । सभामुख घिमिरे आगामी चैत २२ गते उज्बेकिस्तान जाने भएकाले त्यसअघि नै संसदको हिउँदे अधिवेशन अन्त्यको तयारी गरिएको हो । अन्तर व्यवस्थापिका संघको सम्मेलन आगामी अप्रिल ५ देखि ९ तारिख (चैत २३ गतेदेखि २७ गते) सम्म हुँदै छ ।

सभामुख विदेश जानुअघि नै पाँच वटा प्रतिस्थापन विधेयक संघीय संसदका दुवै सदनबाट पास गरी राष्ट्रपतिबाट प्रमाणीकरण गरिसक्ने तयारी गरिएको छ । 

सरकारले हिउँदे अधिवेशन आह्वान हुनुभन्दा करिब एक हप्ता अगाडि ६ वटा अध्यादेश जारी गरेको थियो । तीमध्ये भूमिबाहेकका पाँच वटा प्रतिस्थापन विधेयकमार्फत कानुन संशोधन प्रक्रिया अघि बढाइएको छ । 

संघीय संसद सचिवालयका अनुसार हाल १२ वटा विधेयक विचाराधीन अवस्थामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?