स्ववियु निर्वाचन : रेसुङ्गा बहुमुखी क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन

लोकपथ
791
Shares

काठमाडौं । गुल्मीको तम्घासस्थित रेसुङ्गा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा कमिटी नै निर्विरोध निर्वाचित भएको छ ।

सो क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुदीप खत्रीसहित सबै कमिटी नै निर्विरोध निर्वाचित भएको हो ।

जस अनुसार सचिव पदमा अनेरास्ववियुबाट निशान टण्डन तथा कोषाध्यक्षमा नेविसंघका विश्वास बञ्जाडे निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियुबाट निर्वाचितभएका छन्् ।

निर्वाचन अधिकृत रेसुङ्गा क्याम्पसका उपप्राध्यापक गोपालप्रसाद पाण्डेका अनुसार सदस्यहरुमा नेविसंघबाट अनिता पाण्डे, खुमबहादुर खत्री र सुश्मा पन्थी निर्विरोध निर्वाचित हुँदा अनेरास्ववियुबाट सन्तोष भण्डारी र अनेरास्ववियु क्रान्तिकारीबाट सागर सुनार निर्वाचित भएका हुन् ।

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकेको छ ।

तर सो क्याम्पसमा भने सबै दल निकट विद्यार्थी संगठनहरुले संयुक्त प्यानल दर्ता गरेका कारण सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन अधिकृत पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?