काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
गत कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च रहेको थियो । सो दिन प्रतितोला छापावाला सुनको मूल्य १ लाख ७४ हजार ५ सय रहेको थियो । आज सुनको मूल्य तोलामा ४ सयले गिरावट आइ प्रतितोला छापावाला सुनको मूल्य १ लाख७४ हजार १ सय कायम भइ कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य तोलामा २ हजार ५० रहेको थियो । आज मूल्य गिरावट आइ २ हजार ४५ कायम भइ कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया