नेपालको औद्योगिक एवं आर्थिक क्षेत्रको समृद्धिमा महिलाहरूको भूमिका महत्त्वपूर्ण : अध्यक्ष अग्रवाल

लोकपथ
21
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले महिलाहरूलाई आर्थिक सशक्तीकरणको महत्त्वपूर्ण आधारका रूपमा विकास गर्दै लैजानु आजको आवश्यकता भएको बताएका छन् । 

आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको औद्योगिक एवं आर्थिक क्षेत्रको समृद्धिमा महिलाहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै महिलाहरूको भूमिका थप बढाउनुपर्ने आवश्यकता रहेको बताए । 

उनले नेपालमा महिला उद्यमशीलताको विकास सकारात्मक रूपमा बढिरहेको र नेपालका महिला उद्यमीहरूले कृषि, पर्यटन, सूचना प्रविधि, हस्तकला लगायत क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याइरहेको बताए । साना साना व्यवसायमार्फत भए पनि मुलुकको अर्थतन्त्रमा महिलाहरूको योगदान बढ्दै गइरहेको अध्यक्ष अग्रवालको भनाइ छ । देशले अवलम्बन गरेको नीतिगत व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आर्थिक विकासको महत्त्वपूर्ण आधार महिला पनि हुन् भन्ने कुरा अघि बढाउन आवश्यक रहेको बताए । नीति निर्माणमा महिलाहरूको सहभागिता बढाउन आवश्यक रहेको उल्लेख गरे । 

अध्यक्ष अग्रवालले राज्यले महिलाहरूलाई थप प्रोत्साहन गर्नुपर्ने बताए । सार्वजनिक निकायमा महिलाको सहभागिता बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?