पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजीवन सुविधा दिने सरकारी तयारीप्रति सांसद यादवकाे असन्तुष्टि 

लोकपथ
567
Shares

काठमाडौं । पूर्वविशिष्ट पदाधिकारीहरूलाई कानुन बनाएर आजीवन सुविधा दिने सरकारी तयारीप्रति सत्तारुढ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले असन्तुष्टि जनाएका छन्  । आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो असन्तुष्टि जनाएको हो ।

उनले मुलुक आर्थिक रूपमा कमजोर भएको अवस्थाका पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिन कानुन बनाइरहेको समाचारहरू आएको भन्दै यस्तो गर्न नहुने बताए ।

उनले भ्रष्टारचार नियन्त्रण गर्न नसकिएको, युवाहरू रोजगारीका लागि विदेश जान बाध्य भएको तथा जनताले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थामा रहेको भन्दै सरकार त्यसतर्फ केन्द्रित हुन जरुरी रहेको बताए । 

उनले देश आर्थिक रूपमा संकटग्रस्त अवस्थामा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा पूर्व विशिष्टहरूलाई आजीवन सुविधा दिने कुरा देशको हितमा नहुने धारणा राखे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?