उद्योग र उद्यमशीलताको विकास बिना मुलुकको समृद्धि सम्भव छैन : उद्योगमन्त्री भण्डारी

लोकपथ
70
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको शासकीय प्रणालीभित्रका प्रक्रियागत जटिलताको समाधान सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारले आजका व्याप्त निराशा चिर्न नीतिगत सुधारका काम अघि बढाएको बताए ।

उनले मुलुकमा रोजगारी सिर्जना गर्न, लगानी प्रवर्द्धन गर्न सरकारले काम गरिरहेको बताए  । उनले उद्योग र उद्यमशीलताको विकास बिना मुलुकको समृद्धि सम्भव नरहेको उनको भनाइ छ ।

मन्त्री भण्डारीले नेपालमा सार्वजनिक कार्यालयमा स्वदेशी वस्तुको उपयोग बढाउने गरी सरकारले आफ्नो कार्यक्रमहरू अघि बढाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?