काठमाडौं । विश्वका हिन्दूहरुको पत्रिव धार्मिक स्थल पशुपतिनाथ क्षेत्रको पार्किङ अव्यस्थित भएको भन्दै संसद्मा प्रश्न उठेको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय माग गरेर बोलेका कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पशुपति क्षेत्रको पार्किङको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले आफू शनिबार पशुपति दर्शनका लागि जाँदा त्यहाँको पार्किङ अति नै अव्यवस्थित रहेको बताए ।
‘म हिजो पशुपति गएको थिएँ, पशुपतिको पार्किङ हेरेपछि बढो दुर्भाग्य लाग्यो । छिमेकी देश भारत लगायत अन्य देशबाट समेत दर्शनका लागि हजारौँ लाखौँ हिन्दू धर्मावलम्बीहरु दर्शनका लागि आउँछन् । तर त्यहाँको पार्किङ देखेपछि मलाई आश्चर्य लाग्यो । यस विषयमा सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । त्यो पार्किङमा पक्का गर्ने व्यवस्था तत्काल गरियोस् भनेर माग गर्न चाहान्छु,’ सांसद घिमिरेले भने ।
त्यस्तै सुनकोशी मरिण डाइभर्सनबाट पानी तराईमा लगिए पनि सिन्धुली लगायत तटीय क्षेत्रका जमिनहरु सिंचाइ नभएको भन्दै आपत्ति जनाए ।
पछिल्ला वर्षहरुमा झनै धेरै युवायुवतीहरु वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढेको र त्यसैबाट आएको रेमिट्यान्सले देश धानिरहेको अवस्थामा बाहिर रहने नागरिकहरुको अबमूल्यन गर्न नहुने बताए ।
साथै नेपालमा व्यवस्था फेरिए पनि अवस्था फेरिन नसकेको भन्दै निराश भाष्य सिर्जना निर्माण गर्न खोजिएको भन्दै त्यसलाई चिर्न जरुरी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया