सेन्सर बोर्डका सदस्यहरूको योग्यतामाथि रास्वपा सांसदको प्रश्न

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले सेन्सर बोर्डका सदस्यहरूको योग्यतामाथि प्रश्न उठाउँदै राजनीतिक नियुक्ति पाएकाहरूलाई पदमुक्त गर्न माग गरेका छन् । 

आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साहले यस्तो माग गरेका हुन् । उनले चलचित्र समाजको ऐना भएको उल्लेख गर्दै सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको समेत आरोप लगाए । 

उनले चलचित्रमा अनावश्यक कैँची चलाउँदा सरकारको आयु पनि काटिने भन्दै होस् गर्न चेतावनी दिए । उनले चलचित्रकर्मीहरूको सेन्सरसिप विरुद्धको आन्दोलनमा ऐक्यबद्धता पनि जनाएका छन्  । 

सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले बोलेको भाषणको दृश्य चलचित्र राजागञ्जमा समेटेकोमा आपत्ति जनाउँदै बोर्डले प्रदर्शन अनुमति रोकेको थियो । पछि उक्त अभिव्यक्ति काटेपछि प्रदर्शनको लागि अनुमति दिइएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?