लोकतन्त्र एउटा हाइवे हो, हाइवेमा ब्याक गेयर लाग्दैन : प्रधानमन्त्री ओली

लोकपथ
357
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठिक बनाउन नसकेसम्म योजनाबद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्ने बताएका छन् । 

आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले योजनाहिन धैर्यता र सक्रियता नभई योजनाबद्ध सक्रियता, धैर्यतापूर्वक अघि बढिरहेको बताएका छन्  ।

उनले आशावादीताका साथ अघि बढ्दा र योजनासहित अघि बढ्दा असम्भव केही पनि नहुने जिकिर गरे । सरकार भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्नका लागि संकल्पका साथ अघि बढिरहेको उनको भनाइ छ ।

उनले नेपालमा अहिले झुटको खेती धेरै हुने गरेको भन्दै सही र गलत छुट्याएर अघि बढ्न जरुरी रहेको बताए । लोकतन्त्र एउटा राजमार्ग भएको र राजमार्गमा ब्याक गेयर नलगाइने भन्दै निरन्तर अघि बढ्ने बताए । प्रधानमन्त्री ओलीले सरकार योजनाबद्ध गतिका साथ अघि बढिरहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?