काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको बताएका छन् ।
विज्ञापन प्रवर्द्धनमा विज्ञापन एजेन्सीको भूमिका सम्बन्धी क्षमता विकास कार्यक्रमलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये एक सुशासन कायम हुन नसक्नु रहेको उल्लेख गरे ।
उनले अर्थतन्त्रको समस्या सुधार गर्न सरकार लागिपरेको भए पनि वाञ्छित सफलता हासिल गर्न नसकिरहेको बताए । उनले सरकारले श्रीलंका हुनबाट भने जोगाएको जिकिर गरे । सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या रहेको बताए । भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीले गर्दा जनतामा निराशा छाएको उनको भनाइ छ ।
मन्त्री गुरुङले विद्यमान ऐन, कानुनहरू अस्पष्ट रहेकाले सरकारले त्यसलाई समाधान गर्न आवश्यक काम गरिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया