काठमाडौं । नागरिक लगानी कोषले ३५औँ वार्षिकोत्सवको अवसरमा ‘प्रभातफेरी’ कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार कोष कार्यालय परिसरबाट ब्यानरसहित सुरु भएको ‘प्रभातफेरी’ कार्यक्रम तीनकुने, सिनामंगल, पुरानो बानेश्वर हुँदै कोष परिसरमा आएर सम्पन्न भएको हो ।
कोषले चैत ४ गते ३५औँ वार्षिकोत्सव कार्यक्रम मनाउँदै छ । कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा कार्यकारी निर्देशक लगायत सहभागिता थियो । वार्षिकोत्सवको अवसरमा कोषले विभिन्न खेलकुद तथा रक्तदानका कार्यक्रम गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया