काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो जलाउने राप्रपानिकट युवा संगठनका सदस्य सचिव निराजन बम पलाँतालाई प्रहरीले भरतपुरबाट पक्राउ गरेको छ ।
मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काका अनुसार, उनलाई भरतपुरबाट अहिले हेटौंडा ल्याइँदै छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा हिजो उनले प्रचण्डको तस्बिर जलाएका थिए ।
कार्यक्रममा मन्तव्य दिने क्रममा उनले प्रचण्डको तस्बिर जलाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया