संविधानले नचिन्ने राजतन्त्रका विषयमा संसदमा छलफल गर्न पाइँदैन : रघुजी पन्त

लोकपथ
707
Shares

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदभित्र राजतन्त्रको विषयमा छलफल गर्न नपाइने बताएका छन् । 

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका छन्  । उनले वर्तमान संविधानले गणतन्त्रलाई आत्मसाथ गरेकाले राजतन्त्र नचिन्ने बताए । उनले समयको मागसँगै गणतन्त्रको स्थापना भइसकेकाले राजतन्त्रको विषय इतिहासमा सीमित भएको बताए ।

उनले समयको प्रवाहसँगै विश्वका राजतन्त्रहरू समाप्त भएर गणतन्त्र स्थापना भएको बताए । नेपालको इतिहासमा मल्ल, किरात, लिच्छवी वंशलगायतको राजतन्त्र भएको भन्दै अहिले पुनः स्थापनाका लागि किन शाह वंशको कुरा गरेको भन्दै प्रश्न गरे ।

सांसद पन्तले उनले जनभावना अनुसार अगाडि बढ्ने व्यवस्था नै लोकतन्त्र भएकाले सरकारले जनताको चासो र भावनालाई तत्काल सम्बोधन गर्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?