धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

लोकपथ
784
Shares

काठमाडौं । धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

अत्तरिया–धनगढी ६ लेन सडकखण्ड अन्तरगत गेटा मेडिकल कलेज अगाडि आइतबार राति सुपप्र ०१००९ प १२५१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक बर्दगोरिया गाउँपालिका-४ का ३२ वर्षीय राजेन्द्र सुवेदी रहेका छन् । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको छ । मोटरसाइकल पछाडि सवार बाजुराको बुढिनन्दा नगरपालिका–४ बस्ने २४ वर्षीय जनक रोकाया घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको भइरहेको जनाइएको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?