हुथीविरुद्ध निर्णायक सैन्य कारबाही गर्न ट्रम्पको आदेश

लोकपथ
1.7k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अमेरिकी सेनालाई यमनमा हुथी मिलिसिया विरुद्ध निर्णायक र शक्तिशाली सैन्य कारबाही सुरु गर्न आदेश दिएका छन् ।

समूहले अमेरिकी र अन्य जहाज, विमान र ड्रोनहरू विरुद्ध डकैती, हिंसा र आतंकवादको निरन्तर अभियान चलाएकोमा ट्रम्पले निर्णायक कारबाही गर्न आदेश दिएका हुन् ।

ट्रम्पले अमेरिकी जहाजहरूमा हुथीहरूको आक्रमण सहन गर्न नसकिने बताए । आफूहरुको उद्देश्य प्राप्त नगरेसम्म अत्यधिक घातक शक्ति प्रयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?