काठमाडौं । मकवानपुरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना परेको छ ।
आज बिहान जिल्लाको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छास्थित दक्षिणकाली सडकखण्डमा युपी ७० एनटी ६९१७ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
दुर्घटनामा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार उक्त गाडी काठमाडौंबाट हेटौँडा जाँदै गरेको थियो । ब्रेक फेल भइ साइडमा ठोक्किएर उक्त गाडी सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त गाडीमा १७ जना सवाररहेका थिए । घाइतेहरुलाई उपचारका लागि हेटौँडा पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया