स्ववियु : पद्मकन्यामा निर्वाचनको मुखमा नेविसंघबाट ऐर आधिकारिक उम्मेदवार बनिन्

लोकपथ
1.9k
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बागबजारमा रहेको पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा भूपी ऐरलाई आधिकारिक उम्मेदवार रहेको जनाएको छ ।

यसअघि नेविसंघबाट दुई जनाको उम्मेदवारी परेकोमा ऐर आधिकारिक सभापतिको उम्मेदवार रहेको अध्यक्ष दुजाङ शेर्पाले जानकारी गराएका हुन् ।

ऐरसहित पूर्णिमाया परिवारले समेत स्ववियु सभापतिमा उम्मेदवार दिएका थिए । तर निर्वाचन समितिले दुईमध्ये को आधिकारिक उम्मेदवार हो भन्दै संगठनलाई पत्र लेखेको थियो ।

त्यसको जवाफ दिँदै शेर्पाले भनेका छन्, ‘पद्मकन्या क्याम्पसमा नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको नाममा पेस भएका पत्र आधिकारिक नभएको पाइएको र नेपाल विद्यार्थी संघको आधिकारिक समर्थन श्री भुपी ऐर नेतृत्वमा दर्ता गरिएको प्यानललाई रहेको स्पष्ट पार्दछु ।’

नेविसंघले आधिकारिक उम्मेदवार बनाएको ऐर कांग्रेस महामन्त्री गगन थापा निकट हुन् भने परियार सभापति शेरबहादुर देउवा निकट हुन् ।

त्यसो त सो क्याम्पसमा सत्तारुढ दल नेकपा एमाले निकट अनेरास्ववियु र विपक्षी दल माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले नेविसंघविरुद्ध तालमेल गरेका छन् ।

त्यसो अनेरास्ववियुबाट सुनिता घिमिरेले सपभातिमा उम्मेदवारी दिएकी छिन् भने सचिवमा अखिल क्रान्तिकारीबाट सदीक्षा पोखरेल र सुम्निमा राइले कोषाध्यक्षमा उम्मेदवारी दिएकी छन् ।

धेरै क्याम्पसहरुमा नेविसंघबाट धेरै वटा बागी उम्मेवारी परेका कारण निर्वाचन मै अन्यौलता देखिएको छ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?