बुटवल र भैरहवामा टाटाको नयाँ ईभीहरु सार्वजनिक

लोकपथ
532
Shares

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्गले टाटाको नेपालमा हालै लन्च भएको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभी–२०२५ बुटवल र भैरहवामा लन्च गरेको छ ।

भैरहवास्थित अम्बु मार्केटिङ्ग र बुटवलस्थित सफल मोटर्समा टाटाको बहुप्रतीक्षित गाडीहरु कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभी–२०२५ लन्च भएका छन् ।

सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथ उद्योग वाणिज्य महासंघ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्य र उद्योग वाणिज्य महासंघ बुटवलका अध्यक्ष हरि प्रसाद अर्याल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्गका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले भने, ‘आज टाटा ईभीको नयाँ मोडलहरु बुटवल र भैरहवामा लन्च गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ । अब ग्राहकहरुले टाटाको प्रिमियम कर्भ ईभी देखि धेरै यात्रा गर्नको लागि नेक्सन के३ ईभी, बजेटमा एसयुभीको आनन्द लिनको लागि पन्च इभि र इन्ट्री लेवलमा नेपालमा सर्वाधिक रुचाइएको ह्याचब्याग टियागो इभि २०२५ मोडल रोज्न सक्नु हुन्छ । ग्राहकहरुले नेपाली बाटो सुहाउने ग्राउन्ड क्लियरेन्स भएको सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट अनुसारले किनेर ढुक्क भएर इभि गाडीको मज्जा लिन सक्नु हुन्छ ।’

त्यस्तै अम्बु मार्केटिङ्गका प्रोपराइटर परशुराम पराजुलीले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा हर्सित भएको बताए ।

सफल मोटर्सका प्रोपराइटर प्रदिप हमालको अनुसार बुटवलतिरको बाटो सुहाँउदो प्रिमियम र धेरै रेञ्ज भएको गाडीहरु लन्च भएको हुँदा यो ईभीहरुले ग्राहकको रोजाईमा विश्वस्त रहेको जानकारी दिए ।

टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा र सिप्रदी बिक्रिपछिको सेवाको लागितत्पर लागिरहेको र ग्राहकहरुलाई टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नंया गाडीहरु ढुक्क भएर लिन आग्रह गरे ।

आजबाट बुटवलका ग्राहकहरुले सफल मोटर्सको शोरुम र भैरहवाको ग्राहकहरुले अम्बु मार्केटिंगको शोरुममा गएर लन्च भएको नयाँ गाडीहरु कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो इभिको टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?