इजरायली सेनाद्वारा गाजा पट्टीमा आक्रमण : ३४ प्यालेस्टिनीको मृत्यु, ७० भन्दा बढी घाइते

लोकपथ
1.1k
Shares

एजेन्सी ।  इजरायली सेनाले गाजा पट्टीमा आक्रमण गरेको छ । आक्रमणको कारण ३४ जनाको मृत्यु भएको छ भने ७० जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।

रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै मध्य गाजाको देर अल बलाहका तीन घरलाई इजरायली सेनाले निशाना बनाएको जनाएको छ । यसका साथै खान युनिस र सफाहका भवनहरुमा पनि आक्रमण भएको छ ।

बीबीसीका अनुसार जनवरी १९ मा युद्धविराम सुरु भएदेखि गाजामा हवाई आक्रमणको यो सबैभन्दा ठुलो आक्रमण हो।

इजरायलका प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इसराइल काट्जले मंगलबार बिहान गाजा क्षेत्रमा आक्रमण गर्ने आदेश दिएका थिए ।

हमासले बन्दी रिहाइ गर्न अस्वीकार गरेकाले र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट काफ र अन्य मध्यस्थकर्ताहरुले राखेको प्रस्ताव नमानेकाले आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?