एनएमबि बैंकले सुरु गर्‍यो दिगो भविष्यका लागि हरित बचत खाता योजना

लोकपथ
217
Shares

काठमाडौं । एनएमबि बैंकले ग्रिन सेभिङ्स डिपोजिट (हरित बचत खाता) बचत खाता योजना सुरु गरेको छ । 

यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत, र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिने बैंकले जनाएको छ । 

सो खाताबाट ग्राहकहरूले आफ्नो लगानीको राम्रो प्रतिफल पाउनुका साथै हरित ऋणहरूमा समेत विशेष छुटहरू पाउन सक्नेछन् । 

बैंकले ग्रिन सेभिङ्स डिपोजिट खाता खोली जलवायु परिवर्तन विरुद्ध लड्न र नेपाललाई थप दिगो बनाउन सकिने जनाएको  छ । 

एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?