काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
आजै निर्वाचन सम्पन्न भइ आएको मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका हुन् ।
सो क्याम्पसमा कुल ३ हजार बढी मतदाता रहेका थिए । श्रेष्ठले १ हजार १ सय २ मतसहित विजयी भएका हुन् । त्यस्तै दोस्रो स्थानमा अखिल क्रान्तिकारीका रसिक लम्सालले ७१० मत प्राप्त गरेका छन् । श्रेष्ठले विद्यार्थीको प्रतिनिधि विद्यार्थी नै हुनुपर्छ भन्दै उम्मेदवारी दिएका थिए । त्यसो त यसअघि समेत उनले स्वतन्त्रबाट सदस्यमा निर्वाचित भएका थिए ।
यता सचिवमा अखिल क्रान्तिकारीबाट दिवस सापकोटा र कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकाल निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया