काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले राजतन्त्रको पुनस्थपनाका लागि हुने आन्दोलनमा नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलनलाई साथ दिने भएको छ ।
आज सो पार्टीले विज्ञप्ति जारी गर्दै सुवेदी नेतृत्वको निर्देशक समितिलाई सहयोग गर्ने निर्णय गरेको हो ।
‘…सनातन हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयता खारेजी तथा भ्रष्टाचार अन्त्य जस्ता मुख्य एजेण्डा बोकेर श्री नवराज सुवेदीको संयोजकत्वमा संयुक्त जनआन्दोलन समिति गठन भएकोप्रति खुसी व्यक्त गर्दैै सो जनआन्दोलनमा राप्रपा नेपालको पूर्ण सहयोग र सहभागिता रहने बैठक निर्णय गर्दछ,’ कार्यसम्पादन समितिको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
त्यसो त सोमबार समिति गठन गरिँदा थापाले असन्तुष्टी जनाएका थिए । तर आज बसेको बैठकले भने सुवेदी नेतृत्वको समितिलाई समर्थन गर्ने निर्णय गरेको हो ।
साथै उक्त समितिलाई आफ्नो पार्टी राप्रपा नेपालको तर्फबाट पार्टी उपाध्यक्ष तारानाथ लुईँलेटललाई प्रतिनिधिका रुपमा पठाउने निर्णय गरेको हो ।
साथै उक्त समितिले आगामी दिनमा आयोजना गर्ने आन्दोलनका सबै कार्यक्रमहरुमा तन, मन र धनले सहभागि हुन सबै तहका निकाय र भ्रातृ संगठनहरुलाई निर्देशन समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया