काठमाडौं । नेपाल कमर्श क्याम्पस मिनभवनको स्ववियु सभापतिमा अनेरास्ववियुका विशाल रोकाहा विजयी भएका छन् । मंगलबार सम्पन्न भएको स्ववियु निर्वाचनमा उनी एक हजार ५३ मतसहित सभापतिमा विजयी भएका हुन् ।
अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी नेविसंघका रविन वलीले ८६०, अखिल क्रान्तिकारीका काशीराम जैसी ले १७९ र अखिल समाजवादीका सलुन खड्काले ५७ मत प्राप्त गरेका छन् । त्यस्तै सचिव पदमा भने नेविसंघकी ज्ञानु दाहाल विजयी भइन् । उनले ९९४ मत पाएर विजयी हुँदा अनेरास्ववियुका मिलन ओझाको पक्षमा भने ९२९ मत परेको छ ।
सन्देश कुमार थिङले ११० र दिपक खड्काले १०७ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा पनि नेविसंघका उम्मेदवार विजयी भए । नेविसंघका सुशील खड्का १०७७ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सौगात पुरीले ९३९ मत प्राप्त गरेका छन् ।
अखिल क्रान्तिकारी बहुमतकी सम्झना खड्काले १४० र राप्रविसंघका चक्रे चलाउनेले ३७ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया